यशैया ४२:६,७
६. "म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्ति करार र अन्यजातिहरूका निम्ति ज्योति बनाउनेछु,
परमेश्वरको धार्मिकता प्रदर्शन गर्न औ अन्यजातिहरुको ( सबै राष्ट्रहरुको ) लागि ज्योति बन्नु नै ख्रीष्टको सेवकाईको एक भाग थियो।ख्रीष्ट द्वारा, सबै मानिसहरूले उहाँको सेवकाईमा भाग लिने अवसर पाउँछन्। परमेश्वरको धार्मिकताको प्रदर्शन गर्दै उहाँको ज्योति बन्नको निम्ति परमेश्वरले हामीलाई उहाँको पुत्रको सेवक बन्नको लागि बोलाउनुभएको छ। मसीहलाई उहाँको सेवकाई पूरा गर्ने काममा मद्दत गर्न पाउनु कति दुर्लभ सुअवसर हो! तर हामीले अरूलाई यो प्रदर्शन गर्नु अघि उहाँको धार्मिकता (मत्ती ६:३३) खोज्नुपर्छ, र हामी आफै ज्योति बनिन अघि हामीभित्र उहाँको ज्योति चम्कन दिनुपर्छ (मत्ती
५:१६; २ कोरिन्थी ४:६)।
